राजधानी काठमाडौ देखि १३ किलोमिटर पूर्वमा रहेको भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो । कला , संस्कृति , चाडपर्व धार्मिक नाचगानका साथै विभिन्न प्रकारका रहनसहन , भेषभुषाका लागि विश्वप्रसिद्ध छ ।२७.३६ उत्तर देखि २७.४४ उत्तरी अक्षांश र ८५.२१ पूर्व देखि ८५.३२ पूर्वी देशान्तरसम्म फैलिएको भक्तपुर जिल्लाको क्षेत्रफल ११९ वर्गकिलोमिटर रहेको छ ।भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र सुर्यविनायक नगरपालिका मध्ये सबै भन्दा ठूलो चाँगुनारायण नगरपालिकाको वडा नम्बर ५ , छालिङ्ग ,गुडीमा शिक्षाप्रेमी बुद्धिजीवी सामाजसेवीहरूको अगुवाइमा र स्थानीय जनताको सहयोगमा सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्यले यस श्री गणेश माध्यमिक विद्यालयको स्थापना भएको हो । यस विद्यालय २०३७ सालमा स्थापना भई २०३९/४० सालमा प्रावि २०४९/५० मा निमावि र २०६३ सालमा मावि तह स्वीकृति प्राप्त गरेको हो । स्थापनाकालदेखि नै यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएरहेको छ । यस विद्यालयको सेवा क्षेत्रको सीमाना पूर्वमा चाँगुनारायण नगरपालिकाको वडा नं ७ , पश्चिममा चाँगुनारायण नगरपालिका वडा नम्बर ३ र ४ , दक्षिणमा भक्तपुर नगरपालिकाको वडा नं १० रहेको छ भने यस विद्यालयको सेवा क्षेत्रभित्र गुडी , दथेपुथे , गैंडा , कुनौटा , थापा , भाजुभैरव , ताहापु , बाँसबारी टोल आदि मुख्य बस्तीहरु हुन् । विद्यालयको लक्ष्य १. समयानुकुल गुणस्तरीय शिक्षा प्रदान गर्ने २. शिक्षित , सक्षम ,अनुशासित कर्मठ, इमान्दार नागरिक तयार गर्ने ३. विद्यार्थीहरूको चौतर्फी विकासको लागि सिर्जनात्मक सीपमूलक एवं उपलब्धिमूलक शिक्षामा जोड दिने । ४. उच्च ११ र १२ सञ्चालन गर्न पूर्वाधारहरु तयार गर्दै जाने
चाँगुनारायण नगरपालिका -५ छालिङ्ग भक्तपुर
9841368464
चाँगुनारायण नगरपालिका -५ छालिङ्ग भक्तपुर
चाँगुनारायण नगरपालिका -५ छालिङ्ग भक्तपुर
चाँगुनारायण नगरपालिका -५ छालिङ्ग भक्तपुर
चाँगुनारायण नगरपालिका -५ छालिङ्ग भक्तपुर
चाँगुनारायण नगरपालिका -५ छालिङ्ग भक्तपुर
चाँगुनारायण नगरपालिका -५ छालिङ्ग भक्तपुर